अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले यस वर्ष पेरिसमा हुने ओलम्पिक खेलको उद्घाटन समारोहमा रुस र बेलारुसका खेलाडी सहभागी नहुने बताएको छ।
समितिले भनेको छ, ‘यी खेलाडीहरु व्यक्तिगत रुपमा सहभागी भइरहेका छन् तर उनीहरुलाई यो प्रतियोगिताको अनुभव लिने अवसर दिइनेछ।
पेरिस ओलम्पिकमा सहभागी हुन रुसी राहदानी भएका १२ खेलाडी र बेलारुसको राहदानीसहित ७ खेलाडीले आवेदन दिएका छन्।
सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा रुसले आक्रमण सुरु गरेयता यी दुई देशका खेलाडीलाई ओलम्पिक खेलमा सहभागी हुन प्रतिबन्ध लगाइएको छ। तर, दुवै देशका खेलाडीले कुनै पनि देशको हिस्सा नभई तटस्थ भएर खेलमा भाग लिन सक्नेछन्।
पेरिस ओलम्पिक कमिटीको सर्तअनुसार यी खेलाडीले आफ्नो राष्ट्रिय झण्डा, राष्ट्रिय प्रतीक र राष्ट्रिय गानबिना नै सहभागी हुनुपर्नेछ।
33
Shares
प्रतिक्रिया