आर्सनल विगंर बुकायो साकाले चोटका कारण इंग्ल्यान्डको राष्ट्रिय फुटबल टोलीबाट आफ्नो नाम फिर्ता लिएका छन्।
ब्राजिल र बेल्जियमसँगको मैत्रीपुर्ण खेलका लागि साकाले चोटका कारण आफ्नो नाम फिर्ता लिएका हुन्।
चोटका कारण २२ वर्षिय साका राष्ट्रिय टोलीको प्रशिक्षणमा पुगेका छैनन्। साकाले राष्ट्रिय टोलीका लागि ३२ खेलमा ११ गोल गरेका छन्।
फुटबल संघका अनुसार साताको सुरुवातमा सेन्ज जर्ज पार्कमा साकाले चोटको साथमा रिपोर्ट गरेका थिए। फुटबल संघका अनुसार साका आर्सनल फर्किसकेका छन्।
साकाले मासंपेशीको समस्याका कारण सावधानीको रुपमा आफ्नो नाम फिर्ता लिदै आर्सनल फर्किएका छन्। आर्सनलले मार्च ३१ मा उपाधि दाबेदार म्यानचेष्टर सिटीविरुद्ध खेल्दैछ।
साकाले चोटका कारण नाम फिर्ता लिएपछि प्रशिक्षक ग्यारेथ साउथगेटलाई ठुलो झड्का लागेको छ।
एफएका अनुसार ब्राजिल र बेल्जियमविरुद्धको खेलका लागि टोलीले २५ सदस्यलाई प्रशिक्षणमा राखेकाले उनको स्थानमा अन्य कुनै खेलाडीलाई नराख्ने जनाएको छ।
Shares
प्रतिक्रिया