ad ad

खेल


महिलातर्फ तेस्रो भयो एपीएफ क्लब

महिलातर्फ तेस्रो भयो एपीएफ क्लब

तस्बिर : नेपालखबर


नेपालखबर
चैत ९, २०८० शुक्रबार १३:२८, काठमाडौँ

एपीएफ भलिबल क्लब काठमाडौंमा जारी आठौँ आरबीबी एनभीए महिला पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ तेस्रो भएको छ। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार चन्द्रागिरी न्यू डायमण्ड भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो भएको हो। 

एपीएफले न्यू डायमण्डलाई २५–२२, २३–२५,२५–१४ र २५–२१ ले हराएको हो। तेस्रो भएको एपीएफले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ।

न्यू डायमण्ड दोस्रो सेमिफाइनलमा एभरेष्टसँग पराजित हुँदै तेस्रो स्थानका लागि एपीएफसँगको भेट पक्का गरेको थियो। 

एपीएफ भने पहिलो सेमिफाइनलमा पुलिस क्लबसँग ३–१ को सेटमा पराजित हुँदै तेस्रो स्थानका खेलेको हो। 

प्रतियोगितामा शुक्रबार नै पुरुषतर्फका दुई सेमिफाइनल खेल हुनेछन्। 

प्रतियोगिताको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशले साविक विजेता टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबको सामना गर्दैछ। 

दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र आर्मी खेल्नेछन्। 

दुवैतर्फको उपाधि विजेताले ५ लाख तथा उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो हुने टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .