एसएमएस फ्रेन्डसिप कप त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा गुजरातले जितका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीसामु ९९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
गुजरातको वापीमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको गुजरात १८.२ ओभरमा ९८ रन बनाउँदा अलआउट भयो।
गुजरातका लागि ओपनर रुद्र पटेलले बनाएको २३ रन नै सर्वाधिक रह्यो। हेमंग पटेलले २०, सरल प्रजापतीले १७ तथा अविशेक देसाइले ११ रन बनाए।
स्मीथ पटेलले १० रन थपे।
पाँच ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
गुजरातलाई कम स्कोरमा रोक्न गल्सन झाले तीन विकेट आफ्नो नाममा गरे। गुल्सनले आफ्नो स्पेलमा २२ रन खर्चे।
करण केसीले २ तथा सोमपाल कामीले एक् विकेट आफ्नो नाममा गरे।
नेपाली टोलीले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ।
198
Shares
प्रतिक्रिया