ad ad

खेल


सागमा पदक विजेता एपीएफका खेलाडी पुरस्कृत

सागमा पदक विजेता एपीएफका खेलाडी पुरस्कृत

नेपालखबर
फागुन ४, २०७६ आइतबार १६:९,

सशस्त्र प्रहरीले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता एपीएफका खेलाडीलाई नगद पुरस्कार प्रदान गरेको छ।

पदक जित्न सफल सशस्त्र प्रहरी बल, नेपालका ८० जना खेलाडीहरुलाई सशस्त्रले २४ लाख ९५ हजार रुपैयाँ पुरस्कार प्रदान गरेको हो।

आइतबार सशस्त्र मुख्यालय हल्चोकमा आयोजित एक समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले स्वर्ण पदक विजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरे।

यस्तै, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेलले रजत तथा कास्य पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मान गरे।
सशस्त्र प्रहरी बलका खेलाडीहरुले दक्षिण एसीयाली खेलकुदमा स्वर्ण ८, रजत १५ र कास्य २२ गरी कुल ४५ पदक हासिल गरेका थिए।

सो अवसरमा एथ्लेटिक्सतर्फ अन्तर्राष्ट्रिय खेलमा स्वर्ण पदक विजेता नेपाल एपीएफ क्लवका खेलाडी अजितकुमार यादव लगायत उत्कृष्ट चार जना प्रशिक्षकहरुलाई समेत नगद पुरस्कारसहित सम्मान गरिएको छ।

सशस्त्रले व्यक्तिगत खेलतर्फ स्वर्ण पदक विजेता सशस्त्र प्रहरी बलका खेलाडीलाई जनही एक लाख रुपैयाँ तथा रजत पदक विजेतालाई जनही ५० हजार रुपैयाँ र कास्य पदक विजेतालाई जनही २५ हजार नगदसहित सम्मान गरिएको हो।

यसैगरी सामुहिक खेलतर्फ दुई वा दुई भन्दा बढि विधातर्फ सहभागी भई पदक विजेता खेलाडीहरुलाई प्रतिव्यक्ति स्वर्णतर्फ ५० हजार रुपैयाँ, रजततर्फ २५ हजार रुपैयाँ र कास्यतर्फ १५ हजार रुपैयाँ थप पुरस्कार प्रदान गरिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .