नेपालगन्ज म्याराथनका विजेता धावक गोपीचन्द्र पार्की लन्डन म्याराथनमा सहभागी हुन शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन्।
नेपालगन्ज म्याराथनले बुधबार पत्रकार सम्मेलन गर्दै गोपीलाई बिदाइ गरेको हो।
गोपीलाई राष्ट्रिय खेलकुदल परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, लि निङ आधिकारीक बिक्रेता चाइना ट्रेड लिंक प्रालिका कार्यकारी अध्यक्ष राजन महर्जन र नेपालगन्ज म्याराथनका अध्यक्ष टीएस ठकुरीले बिदाइ गरेका छन्।
नवौँ संस्करणको नेपालगन्ज म्याराथनको विजेता बन्दै लन्डन म्याराथनका लागि छनोट भएका थिए। नेपाल रन यूकेको सहकार्यमा नेपालगन्ज म्याराथनले विजेतालाई लन्डन म्याराथनमा सहभागिता गराउने निश्चित गरेको हो।
गोपी लन्डन रहँदाको व्यवस्थापन नेपाल रन यूकेले गर्नेछ। गोपीले तयारी राम्रोले उत्कृष्ट नतिजाका लागि प्रयास गर्ने बताए।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव घिसिङले गोपीलाई सफलताको शुभकामना दिँदै उनको हवाई टिकट उपलब्ध गराइने बताए।
लन्डन म्याराथन वैशाख ९ गते हुनेछ।
Shares
प्रतिक्रिया