एसीसी प्रिमियर कप अन्तर्गत जारी खेलमा नेपालले पहिलो विकेट गुमाएको छ। ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा जारी खेलमा नेपालले कतारविरुद्ध खेलिरहेको छ।
टस जितेर ब्याटिङ गरिरहेको नेपालले २.४ ओभरमा पहिलो विकेट गुमाएको हो। ओपनर कुशल भूर्तेल कतारका अमिर फारूखको बलमा कामरन खानबाट क्याच आउट भए।
भूर्तेलले ११ बलमा २ चौका प्रहार गरी १२ रनको योगदान दिए।
नेपालले आज टोलीमा एक परिवर्तन समेत गरेको छ । करन केसीको स्थानमा विवेक यादव टोलीमा आएका छन् ।
नेपालले आफ्नो पहिलो खेलमा मलेसियामाथि ५ विकेटले जित हात पारेको थयिो।
त्यस्तै हङकङले शुक्रबार नै कतारलाई हराएको थियो।
114
Shares
प्रतिक्रिया