इङ्लिस प्रिमियर लिगको उपाधिमा लिभरपुललाई धक्का लागेको छ। आइतबार घरेलु मैदानमै क्रिस्टल प्यालेससँग पराजित हुँदा लिभरपुल उपाधि होडमा पछि परेको हो।
अब लिभरपुल शीर्षस्थानको म्यानचेस्टर सिटी भन्दा २ अंकले पछि परेको छ। यस्तै एक खेल कम खेलेको आर्सनलको पनि उसकै जति ७१ अंक छ। आर्सनल र वेस्टन भिल्लाबीच अहिले खेल चलिरहेको छ। यो खेल जितेमा आर्सनल शीर्षस्थानमा उक्लने छ।
उपाधि होडमा रहेका आर्सनल र लिभरपुल एकआपसमा भिड्ने भएकाले यसको फाइदा सिटीलाई हुनसक्छ। आर्सनलले आज जित निकाल्न नसके सिटीले आफ्ना खेल जिते मात्रै पनि उपाधि रक्षा गर्न सक्नेछ।
एनफिल्डमा लिभरपुललाई स्तब्ध पार्न खेलको १४ औं मिनेटको एक मात्र गोल नै निर्णायक बन्यो। मिडफिल्डर अब्रेची इजले क्रिस्टल प्यालेसलाई महत्वपुर्ण ३ अंक दिलाए।
यो जितपछि ३३ अंक बटुलेको क्रिस्टल प्यालेस १४ औं स्थानमा छ।
81
Shares
प्रतिक्रिया