युरोपेली च्याम्पियन्स लिग अन्तर्गत क्वार्टरफाइनलको दोस्रो लेगमा बुधबार राति आर्सनल र बायर्न म्युनिख भिड्दै छन्।
बुधबार राति हुने दोस्रो लेग बायर्नको घरेलु मैदानमा हुँदै छ।
पहिलो लेग २–२ को बराबरीमा सकिएकाले आज रातिको खेल दुवै टोलीका लागि महत्वपूर्ण छ।
च्याम्पियन्स लिग जित्न नसके बायर्न म्युनिखको यो सिजन असफल हुने ह्यारी केनले बताएका छन्।
जारी सिजन आफूहरुले च्याम्पियन्स लिग जिते आफूहरुका लागि यो सिजनलाई उत्कृष्ट सिजनका रुपमा परिणत गर्न सक्ने अवसर रहेको बताएका हुन्।
उनले भने, ‘पक्कै पनि क्लबको दृष्टिकोणबाट यो सिजन केही पनि जित्न सकेनौँ भने असफल सिजन हुनेछ। कीनकी हामीहरु जितको आशा गरिरहेका छौँ।’
इंग्ल्याण्डका कप्तान समेत रहेका केनले यो सिजन क्लबका लागि ३९ गोल गरिसकेका छन्।
153
Shares
प्रतिक्रिया