एसीसी प्रिमियर कपमा साउदी अरेबियाविरुद्ध खेलिरहेको नेपालले तेस्रो सफलता पाएको छ।
ललित राजवंशीले साउदी अरेबियाको तेस्रो विकेट झारेका हुन्।
यसअघि करण केसीले पहिलो र दोस्रो विकेट लिएका थिए। ललितको बलमा वाजी उइ हसन करण केसीको हातबाट क्याचआउट भए।
नेपालले साउदी अरेबियाविरुद्ध समूहचरणको अन्तिम खेल खेलिरहेको छ।
चिसो मैदानका कारण ८ ओभरमा छोट्याइएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो।
४.३ ओभर सकिँदा साउदी अरेबिया ३ विकेट क्षतिमा ४४ रन बनाएर खेलिरहेको छ।
384
Shares
प्रतिक्रिया