ओलम्पिक च्याम्पियन पेरेस जेपचिरले लन्डन म्याराथनमा महिलातर्फ विश्व कीर्तिमान कायम गरेकी छिन्।
उनले निर्धारित दुरी २ घण्टा १६ मिनेट १६ सेकेण्डमा पार गर्दै नयाँ विश्व कीर्तिमान आफ्नो नाममा गरेकी हुन्।
जेपचिरले सन् २०१७ मा मेरी जेप्कोसगेइ केटानीले २ घण्टा १७ मिनेट ०१ सेकेण्डमा बनाएको कीर्तिमान तोडेकी हुन्।
अन्तिम ४ सय मिटर दौडमा केन्याली धावक जेपचिरले अर्की विश्व कीर्तमानी धावक टगिस्टा असेफालाई पछी पार्दै च्याम्पियन बनेकी हुन्।
दोस्रो भएकी असेफाले निर्धारित दुरी २ भण्टा १६ मिनेट २३ सेकेण्डमा पार गरे। तेस्रो भएकी जोयकिलिन जेप्कोसगेइले २ घण्टा १६ मिनेट २४ सेकेण्डमा दुरी पार गर्र्द तेस्रो स्थानमा रहिन्।
पुरुषतर्फ केन्याका एलेक्जेन्डर मुनयायो पहिलो भए। उनले निर्धारित दुरी २ घण्टा ४ मिनेट ०१ सेकेण्डमा पार गरे। २ घण्टा ४ मिनेट १५ सेकेण्डमा दुरी पार गरेका केनेनिसा बेकेले दोस्रो तथा २ घण्टा ०६ मिनेट ४६ सेकेण्डमा दुरी पार गरेका एमिले केरिस तेस्रो भए।
Shares
प्रतिक्रिया