वेस्ट इन्डिजविरुद्धको पाँच खेलको टी २० सिरिजका लागि नेपाली टोलीमा चार खेलाडी थपिएका छन्।
खेलअघिको पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले टोलीमा चार खेलाडी थपिएको बताएका हुन्।
टोलीमा नेपाल ए टोलीका कप्तान विनोद भण्डारीसँगै सागर ढकाल, कमल सिंह ऐरि र लोकेश बमलाई समेटेको छ।
सिरिजका लागि क्यानले बिहिबार १६ सदस्यीय टोलीको घोषणा गरेको थियो। योसँगै अब वेष्ट इण्डिजविरुद्धको टोलीमा २० सदस्यीय नेपाली टोली भएका छन्।
नेपालले भोलि शनिबारदेखि वेष्ट इण्डिज ए सँग पाँच खेलको टी २० खेल्ने तालिका छ। दोस्रो खेलमा आइतबार तथा तेस्रो खेल बुधबार खेल्नेछ। चौथो खेल बिहीबार र अन्तिम खेल आगामी शनिबार हुनेछ।
नेपाली टोलीः रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, विवेक यादव, आकाश चन्द, विनोद भण्डारी, सागर ढकाल, कमल सिंह ऐरी र लोकेश बम
Shares
प्रतिक्रिया