ad ad

खेल


वायु प्रदूषण : जब वेस्ट इन्डिजका खेलाडीले मास्क लगाएर खेले

वायु प्रदूषण : जब वेस्ट इन्डिजका खेलाडीले मास्क लगाएर खेले

मास्क लगाएर खेल्दै वेस्ट इन्डिजका खेलाडी। तस्बिर : सरोज नेपाल


नेपालखबर
बैशाख १९, २०८१ बुधबार १८:१०, काठमाडौँ

नेपालमा धूवाँ र धूलोले वायु प्रदूषण बढ्दो छ। वनभरि फैलिएको डढेलोले यसलाई झन् खराब बनाइरहेको छ। 

पर्यटकीय राजधानी पोखरामा त हप्ता दिनयता भिजिबिलिटी कम हुँदा विमान नै उड्न नसकेको अवस्था छ। काठमाडौंमा त सधैँको धूलो र धूवाँ। 

हावाको गुणस्तर मापन गर्ने आईक्यूएयरका अनुसार आज केही संवेदनशील समूहका लागि स्वास्थ्यप्रतिकूल रहेको छ। काठमाडौंको आजको एयर क्वालिटी इन्डेक्स १३७ छ। 

विश्व स्वास्थ्य संगठनले हावामा फाइन पार्टिकल्स (पीएम२.५) को न्यूनतम मापदण्ड तोकेको छ। जुन आज काठमाडौंको वातावरणमा प्रदूषणको स्रोत रहेको छ।

यो भनेको कम प्रदूषण तर धेरै खतरनाक हो। डब्लुएचओले पीएम२.५ को औसत वार्षिक स्तर ५ माइक्रोग्राम प्रति क्युबिक मिटरलाई पार गर्न नहुने मापदण्ड बनाएको छ। 

यसको अर्थ यस्तो वातावरणमा श्वासमार्फत शरीरका महत्त्वपूर्ण अंगमा पुग्दा तत्काल देखिने स्वास्थ्य समस्याहरु आँखा पिरो हुने, नाक चिलाउने, घाँटी खसखस हुने, खोकी र रुघा लाग्ने, श्वास फेर्न गाह्रो हुने हुन्छ। 

पछिल्लो ३ दिनयता काठमाडौंको हावाको गुणस्तर स्वास्थ्यप्रतिकूल रहेको आईक्यूएयरले जनाएको छ। आगामी ३ दिन भने क्रमिक सुधार हुने उसको वेबसाइटमा उल्लेख छ। 

यहीबीच वेस्ट इन्डिजका खेलाडी नेपालमा पाँचवटा टी२० शृंखला खेल्न नेपालमा छन्। 

प्रदूषण बढ्दै गर्दा बुधबारको नेपालविरुद्धको तेस्रो टी२० खेलमा उनीहरुले मास्क लगाएर खेलेका छन्। 

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा उनीहरुले मास्क लगाएर खेलेका थिए। 

तस्बिरमा हेरौँ 

सबै तस्बिर : सरोज नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .