ad ad

खेल


रोहितको कप्तानीमा क्रिकेट विश्वकप खेल्ने १५ सदस्यीय नेपाली टोली घोषणा

रोहितको कप्तानीमा क्रिकेट विश्वकप खेल्ने १५ सदस्यीय नेपाली टोली घोषणा

रोहित पौडेल


नेपालखबर
बैशाख १९, २०८१ बुधबार १८:४५, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र वेस्ट इन्डिजमा अर्को महिना हुने आइसीसी टी २० विश्वकपका लागि नेपाली क्रिकेट टोली घोषणा गरेको छ।

क्यानले बुधबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। 

नेपालका तीव्र गतिका बलर सोमपाल कामीले लगातार दोस्रो पटक विश्वकप खेल्न लागेका हुन्। सोमपालले सन् २०१४ मा भएको विश्वकप खेल्ने टोलीमा समेत थिए। 

घरेलु मैदानमा जारी वेष्ट इण्डिज एविरुद्धको खेलमा गरेको प्रदर्शनका आधारमा क्यानले १ खेलाडी थप गरेको छ। 

विश्वकपमा नेपाल नेदरल्याण्डस्, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेको समूह डी मा छ। 

विश्वकपका सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूहका शीर्ष २ टोलीले सुपर ८ मा स्थान पक्का गर्नेछन्। सुपर ८ बाट चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनल खेल जुन २९ मा हुनेछ।

आफ्नो पहिलो खेलमा नेपालले जुन ४ मा नेदरल्याण्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ। दोस्रो खेलमा जुन १२ मा श्रीलंकासँग खेल्नेछ। 

जुन १५ मा दक्षिण अफ्रिका र समुह चरणको अन्तिम खेलमा जुन १७ मा बंगलादेशसँग खेल्नेछ। 

नेपाल रहेको समुहका पाँच टोलीमध्य अहिलेसम्म दक्षिण अफ्रिकाले मात्र टोली घोषणा गरेको छ। 

विश्वकप खेल्ने टोलीः 
रोहित पौडेल, आशिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी,गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनास बोहोरा, सागर ढकाल, कमल सिंह ऐरी


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .