ad ad

खेल


एआईपीएस एसियाको कंग्रेस नेपालमा हुने

एआईपीएस एसियाको कंग्रेस नेपालमा हुने

स्पेनको सान्ता सुसानामा बसेको एआईपीएस एसियाको बैठकबाट नेपाल खेलकुद पत्रकार मञ्चले आयोजनाको जिम्मा पाएको हो। तस्बिर : ओमान अब्जर्बर डट कम


नेपालखबर
बैशाख १९, २०८१ बुधबार २२:४९, काठमाडौँ

एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया) को २५ औं कंग्रेस आगामी भदौको अन्तिम हप्ता नेपालमा हुने भएको छ।

स्पेनको सान्ता सुसानामा बसेको एआईपीएस एसियाको बैठकबाट नेपाल खेलकुद पत्रकार मञ्चले आयोजनाको जिम्मा पाएको हो।

बैठकमा नेपाल, मलेसिया र किर्गिस्तानले दाबी पेस गरेकोमा नेपालले उक्त दाबी जितेको थियो।

नेपाल खेलकुद पत्रकार मञ्चले यसअघि सन् २०१६ मा एआईपीएस एसियाको केन्द्रीय कार्यसमितिको बैठकको आयोजना गरेको थियो। नेपाललाई कंग्रेस आयोजनाको जिम्मा दिँदै एआईपीएस एसियाका अध्यक्ष दक्षिण कोरियाका हि डोङ जुङले एसियाको एक सक्रिय संस्था नेपाल खेलकुद पत्रकार मञ्चले विगतमा प्रभावकारी कार्यक्रम गर्दै आएकोले ठूलो सम्मेलनको आयोजना गर्न सक्षम भएकोमा आफू विश्वस्त रहेको बताए।

एआईपीएस एसियाको कंग्रेस कतार, दक्षिण कोरिया, चीन, साउदी अरेबियाजस्ता सक्षम राष्ट्रहरूले मात्र गरिरहेको अवस्थामा नेपालले पाएको यो पहिलो अवसर हो।


अध्यक्ष हि डोङले थपे, ‘खेलकुद पत्रकारिताको दायरा सबै एसियाली मुलुकहरूमा फैलाउनका लागि पनि नेपाललाई यति ठूलो जिम्मेवारी दिइएको हो।’

एआईपीएस एसियाको कंग्रेसमा ३० बढी एसियाली राष्ट्रका खेलकुद पत्रकारहरू उपस्थित हुनेछन्। त्यसमा अरू अतिथि राष्ट्रका पत्रकार पनि सहभागी हुने बताइएको छ।

आयोजनाको जिम्मा पाएपछि नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी देवेन्द्रले विगतमा मञ्चले गर्दै आएका कार्यक्रमहरू देखेर पहिलोपटक एउटा सानो सदस्य राष्ट्रलाई जिम्मेवारी दिएकोमा एआईपीएस एसियालाई धन्यवाद पनि दिए।

उनले कंग्रेसलाई नेपाली खेलकुद क्षेत्र, नेपालको पर्यटन, नेपाली खेल पत्रकारहरुको बारे एसियालाई देखाउने मौकाको रूपमा सदुपयोग गर्ने बताए। यस्तै बैठकले अर्को वर्षको कंग्रेसको जिम्मा हङकङ स्पोर्ट्स प्रेस एसोसिएसनलाई दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .