च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मन (पीएसजी) विरुद्ध बोरुसिया डर्टमुन्टले अग्रता बनाएको छ।
गएराति भएको दोस्रो सेमिफाइलको पहिलो लेगमा डर्टमुन्टले पीएसजीविरुद्ध १–० ले जित निकालेको हो।
खेलको ३६ औँ मिनेटमा निकलास फुलक्रुगले गरेको गोल नै डर्टमुन्डका लागि निर्णायक बन्यो।
सेमिफाइनलको दोस्रो लेग अर्को साता पीएसजीको घरेलु मैदानमा हुनेछ। यो खेलको विजेताले उपाधिका लागि पहिलो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ।
पहिलो सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र बायर्न म्युनिखले २–२ को बराबरी गरेका थिए।
12
Shares
प्रतिक्रिया