वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले तेस्रो सफलता प्राप्त गरेको छ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा तीनै विकेट सागर ढकालले लिएका हुन्।
सागरले वेस्ट इन्डिजका कादिम एलेन, जोनसन चार्ल्स र मार्क दयाललाई पेभेलियन फर्काएका हुन्।
१.४ ओभरमा एलेनलाई कप्तान रोहित पौडेलबाट क्याच आउट गराएका सागरले आठौँ ओभरको पहिलो बलमा चार्ल्स र सोही ओभरको तेस्रो बलमा दयालको विकेट लिएका हुन्।
टस जितेर वेस्ट इन्डिजले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरिरहेको छ।
213
Shares
प्रतिक्रिया