वेस्ट इन्डिजविरुद्धको खेलमा नेपाललाई पाँचौँ सफलता मिलेको छ। तिव्रगतिका बलर सोमपाल कामीले १७ औँ ओभरको तेस्रो बलमा म्याथु फोर्डलाई २३ रनमा क्याच आउट गराउँदै नेपाललाई पाचौँ सफलता दिलाएका हुन्।
त्यसअघि १४ औ ओभरको तेस्रो बलमा वेस्ट इन्डिजका कप्तान रोष्टन चेस आउट भएका थिए। २३ बलमा ३३ रन बनाएका रोष्टन अविनास बोहोराका बलमा सन्दीप जोराको हातबाट क्याच आउट भए।
वेस्ट इन्डिजका ओपनर जोनसन चाल्स २४ रन बनाउँदा पेभेलियन फर्के। २० बलमा २ चौका र २ छक्का हानेका जोनसन सागर ढकालको बलमा कट एण्ड बोल्ड भए।
अर्का ओपनर कदिम एलियन ११ रन बनाउँदा सागर कै बलमा रोहित पौडेलको हातबाट क्याच आउट भए। मार्क दियान ११ रनमा नै सागरको बलमा रोहितको हातबाट आउट भए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको वेस्ट इन्डिजले १७ ओभरको खेल जारी रहँदा ५ विकेटको समाप्तीमा १ सय ३७ रन बनाएर खेलिरहेको छ।
Shares
प्रतिक्रिया