जुलाई २०२४ मा फ्रान्समा हुने ओलम्पिकका लागि दक्षिण एसियाली ओलम्पिक छनौट प्रतियोगिता नेपालमा हुने भएकाे छ।
आइतबार पत्रकार सम्मेलन गर्दै छनाेट प्रतियाेगिता वैशाख ३१ देखि जेठ २ गतेसम्म हुने जानकारी दिएकाे हाे।
छनाेट प्रतियोगितामा नेपालकाे तर्फबाट संयोग कपाली, सान्टु श्रेष्ठ, नविता श्रेष्ठ र इभाना थापाले प्रतिनिधित्व गर्ने मुख्य प्रशिक्षक राजेन्द्र कपालीले बताए।
नेपालकाे मुख्य चुनाैती भनेकाे श्रीलंकाका खेलाडी रहने भएकाले साेही अनुसार तयारी गरिएकाे प्रशिक्षक कपालीले बताए।
छनाेटमा नेपालसँगै बगंलादेश, मालदिभ्स, पाकिस्तान र श्रीलंकाबाट समान २ महिला र पुरुष खेलाडी गरि २० खेलाडीले सहभागिता जनाउनेछन्।
छनाेट प्रतियोगिताबाट पुरुष १ र महिला १ खेलाडीले फ्रान्समा हुने ओलम्पिक खेलको लागि छनौट गरिनेछ।
एसियाबाट ६ देशले सहभागिता जनाउने भए पनि भारतबाट यसअघि नै खेलाडी छनाेट भइसकेका छन्।
नेपालमा पहिलाे पटक ओलम्पिककाे छनाेट हुन लागेकाे हाे।
प्रतियोगितामा खाना तथा बसोबासको व्यवस्था "नेपाली घर" ले गरेकाे छ। नेपाली घरले करिब ५ लाख रुपैयाँ बराबरकाे प्रायाेजन गरेकाे छ।
छनाेट प्रतियाेगिता गर्न करिब १० लाख रुपैयाँ लाग्ने अनुमान गरेकाे छ। छनाेट प्रतियाेगिता राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र, लैनचौर कबर्ड हलमा हुनेछ।
Shares
प्रतिक्रिया