एनआईसी एसिया बैंकले वाफ महिला च्याम्पियनसिपको उपविजेता टोलीलाई नगदसहित सम्मान गरेको छ।
बैंकले सोमबार एक कार्यक्रम गर्दै महिला टोलीका २३ खेलाडी र अफिसियल गरि ३१ जनालाई जनही २५ हजार रुपैयाँले सम्मान गरेको हो।
सम्मान कार्यक्रममा अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज विक्रम नेम्वाङले महिला टोलीको उच्च प्रदर्शनको लागि बधाई दिँदै सन् २०२७ र २०३१ को विश्वकप खेल्ने लक्ष्य लिएर टोलीलाई वाफमा पठाएको बताए।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले महिला टोलीको प्रदर्शन र सम्मानले पुरुष टोलीलाई पनि प्रेरणा दिएको बताए।
एनआईसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले महिला टोलीको असाधारण सफफताका कारण सम्मान गरिएको बताए।
105
Shares
प्रतिक्रिया