फिफा विश्वकप तथा एसियन कपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली इङ्ल्यान्डको ‘सी’ टोलीसँग पराजित भएको छ।
सोमबार राति नेसनल लिग टोली एल्डरसट टाउनको घरेलु मैदान एबीबी स्टेडियममा भएको खेलमा नेपाली टोली २–० गोल अन्तरले पराजित भएको हो।
‘सी’ टोलीसँग नेपाल खेलको पहिलो हाफमा नै २-० ले पछि परेको थियो।
खेलको आठौँ मिनेटमा निक काम्बाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए। १३ औँ मिनेटमा क्यालाम स्टेडको गोलमा नेपाल २–० ले पछि परेको हो।
21
Shares
प्रतिक्रिया