अखिल नेपाल फुटबल संघको आयोजनामा बुधबारदेखि जेठ ९ सम्म हुने कलेजस्तरीय फुटसल च्याम्पियनसिप एक्सन स्पोर्ट्स एचडी वानमा प्रत्यक्ष हेर्न पाइने भएको छ।
डिस मिडिया नेटवर्कले उक्त च्यानलबाट प्रतियोगिता प्रत्यक्ष देखाउने भएको हो।
यससम्बन्धी सम्झौतामा प्याराडाइम ग्रुपबाट सिसन बानिया र डिश मिडिया नेटवकबाट बिजिनेस डेभलमेन्ट हेड भूपाल सिंह बस्नेतले हस्ताक्षर गरेका छन्।
प्रतियोगितामा प्लस टु र ब्याचलर तहमा अध्ययनरत विद्यार्थी सम्मिलित कुल १६ वटा टिमको सहभागिता रहनेछ।
सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइनेछ।
प्रतियोगिताको सम्पूर्ण खेल लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको कभर्डहलमा हुनेछ।
126
Shares
प्रतिक्रिया