प्रथम सहाना प्रधान यु-१९ महिला तथा पुरुष भलिबल प्रतियोगिता असार दोस्रो साता हुने भएको छ।
सहाना प्रधान प्रतिष्ठानले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असार ९ देखि १५ गतेसम्म हुने जानकारी दिएको हो।
तेस्रो हुनेले १ लाख रुपैयाँ पाउनेछन्। प्रतियोगिताको दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीहले समान २५ हजार प्राप्त गर्नेछन्।
व्यक्तिगत विधातर्फका विजेताले जनही १० हजार प्राप्त गर्नेछन्।
प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडी, अफिसियल, रेफ्रीहरूको यातायात, बसोबास, खाना, दैनिक भत्ता प्रतिष्ठानले व्यहोर्ने प्रतिष्ठानकी अध्यक्ष रामकुमारी झाँक्रीले जानकारी दिइन्।
उनले थपिन्, 'अन्तर्राष्ट्रियस्तरका भलिबल प्रतियोगितामा सहभागिता जनाई थुप्रै पदकसमेत हासिल गरे पनि जुनियरतर्फ हालसम्म कुनै पनि प्रतियोगिताको आयोजना र अन्तर्राष्ट्रिय सहभागिता नभएको अवस्थामा यु-१९ महिला तथा पुरुष भलिबल च्याम्पियनसीपको आयोजना र ५-१९ राष्ट्रिय टिमको छनौट गरी पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने उद्देश्यअनुरुप सहाना प्रधान प्रतिष्ठानले हरेक वर्ष यु-१९ महिला तथा पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्ने जमर्को गरेका हौँ।'
प्रतियोगितालाई नेपाल भलिबल संघले आफ्नो वार्षिक क्यालेन्डरमा समावेश गराउने संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी दिए।
सातवटै प्रदेशबाट यू-१९ महिला तथा पुरुष भलिबल टिमको सहभागिता, प्रतियोगिताको ब्रोडकास्टिङ्ग, टिकट, मिडिया, आवश्यक खेल सामाग्री, भेन्यु व्यवस्थापन, यु-१९ महिला तथा पुरुष भलिबल टिमको छनौट, अन्य टेक्निकल सर्पोट र प्रतियोगिता सञ्चालन एवं व्यवस्थापन संघले गर्नेछ।
प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुनेछ। प्रतियोगिता सम्पन्न गर्न करिब ८० लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकले गरेको छ।
Shares
प्रतिक्रिया