बंगलादेशमा भएको टी-२० सिरिजको अन्तिम खेल पनि भारतीय महिला क्रिकेट टोलीले जितेको छ।
यो जितसँगै भारतीय टोलीले बंगलादेशविरुद्धको पाँच खेलको टी-२० सिरिजमा क्लिन स्विप गरेको छ।
सिरिजको अन्तिम खेलमा पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा १५६ रन बनाएको थियो।
यो लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा १३५ रन मात्रै बनाउन सक्यो।
फाइनल खेलमा २४ रन दिएर ३ विकेट लिएकी राधा खेलको प्लेयर अफ दि म्याच भइन्।
बलर राधा यादव १० विकेट लिएर प्लेयर अफ द सिरिज भइन्।
33
Shares
प्रतिक्रिया