ad ad

खेल


टोटनह्यामसँगको हारले बर्नली इङिग्लस प्रिमियर लिगबाट घटुवा

टोटनह्यामसँगको हारले बर्नली इङिग्लस प्रिमियर लिगबाट घटुवा

नेपालखबर
बैशाख ३०, २०८१ आइतबार १०:२३, काठमाडौँ

टोटनह्यामसँगको हारले वर्नली इङिग्लस प्रिमियर लिगबाट घटुवा भएको छ। 

शनिबार राति भएको खेलमा टोटनह्यामसँग २–१ को हार व्यहोरेपछि बर्नली एक खेल अगावै रेलिगेसनमा परेको हो। 

लिगमा ३७ खेल खेल्दा वर्नलीले ५ खेलमा जित, ९ खेलमा बराबरी र २३ खेलमा हार भोग्दै २४ अंक मात्र जोड्न पुग्यो। 

वर्नलीमाथिको जितले टोटनह्यामभने पाचौँ स्थानमा छ। ३६ खेलबाट टोटनह्यामले १९ खेलमा जित, ६ खेलमा बराबरी र ११ खेलमा हार भोग्दै ६३ अंक बनाएको छ। 

वर्नलीले खेलको २५ औँ मिनेटमा सुरुवाती अग्रता बनाएपनि त्यसलाई जोगाउन नसक्दा हार भोग्न बाध्य भयो। 

खेलमा जोकाब ब्रुन लार्सेनको गोलमा सुरुवाती अग्रता बनाएको थियो। तर ३२ औँ मिनेटमा पेड्रो पोरोको गोलमा टोटनह्याम बराबरीमा आएको थियो। 

८२ औँ मिनेटमा मिक्की भान डे भेनको गोलमा टोटनह्यामले अग्रता दोब्बर पार्यो। 

वर्नलीले लिग चरणको अन्तिम खेलमा नटिङघम फरेष्टसँग खेल्नेछ। टोटनह्यामले भने अंक तालिकाको पुछारमा रहेको सेफिल्ड युनाइटेडसँग खेल्ने तालिका छ। 

च्याम्पियन्स लिगको दौडमा रहेको टोटनह्याम एष्टनभिल्ला भन्दा ४ अंकले पछि छ। एष्टभिल्लाले ३६ खेलबाट ६७ अंक बनाएको छ। 

अबका दुई खेलमा जित निकाले च्याम्पियन्स लिगमा स्थान बनाउनेछ। त्यसका लागि एष्टन भिल्लाको नतिजामा समेत भर पर्नुपर्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .