ad ad

खेल


ललितपुर मेयर्स कप : बागमतीलाई पराजित गर्दै एपीएफ क्लबको दोस्रो जित

ललितपुर मेयर्स कप : बागमतीलाई पराजित गर्दै एपीएफ क्लबको दोस्रो जित

नेपालखबर
बैशाख ३१, २०८१ सोमबार १२:३७, काठमाडौँ

बागमती प्रदेशलाई पराजित गर्दै नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। 

एपिएफले आफ्नो पहिलो खेलमा कोशी प्रदेशलाई २४ रनले हराएको थियो। 

सोमबार भएको खेलमा एपीएफले बागमती प्रदेशमाथि ८ विकेटको फराकिलो जित दर्ता गरेको हो। बागमतीले दिएको ७४ रनको सामान्य लक्ष्य एपीएफले ११ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। 

एपीएफका लागि ओपनर ममता चौधरी सर्वाधिक ३५ रनमा अविजित रहिन्। उनले ३२ बलमा ५ चौका प्रहार गरिन्। राजतमी ऐरि १० रनमा नटआउट रहिन्। 

इन्दु वर्माले १७ रन थपिन्। उनले १२ बलमा ३ चौका प्रहार गरिन्। कप्तान सिता राना मगर ११ रन बनाउँदा रन आउट भइन्। बागमतीका लागि खुशी डंगोलले एक विकेट झारिन्। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७३ रनको योगफल तयार पार्यो। 

बागमतीका लागि ओपनर हेलिशा गुरुङले सर्वाधिक ३१ रन बनाइन्। उनले ५० बलमा ३ चौका हानिन्। 

खुशी डंगोल १४ र क्रिस्मा गुरुङ ५ रनमा नटआउट रहे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

एपिएफका लागि करुणा भण्डारीले ४ विकेट लिईन्। उनले आफ्नो स्पेलमा १० रन खर्च गरिन्।  कप्तान सिता राना मगरले ४ ओभरमा ७ रन दिदै २ विकेट आफ्नो नाममा गरिन्। 

आजै हुने दोस्रो खेलमा सुदुरपश्चिम प्रदेश र कोशी प्रदेश खेल्नेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .