ad ad

खेल


स्काउट सदस्यलाई सरकारले भन्यो– तत्काल राजनीतिक दलको सदस्यता त्याग्नू

स्काउट सदस्यलाई सरकारले भन्यो– तत्काल राजनीतिक दलको सदस्यता त्याग्नू

नेपालखबर
बैशाख ३१, २०८१ सोमबार १७:४६, काठमाडौँ

सरकारले नेपाल स्काउटका सदस्यहरुलाई कुनै राजनीतिक दलको सदस्यता लिएको भए तत्काल त्याग्न चेतावनी दिएको छ। 

नेपाल स्काउटमा निर्वाचित पदाधिकारी राजनीतिक दलमा आबद्ध रहेको उजुरीको सुनुवाइ गर्दै युवा तथा खेलकुद मन्त्रालयले उक्त चेतावनी दिएको हो। 

यससम्बन्धी उजुरी र गुनासोमा गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ। 

नेपाल स्काउट ऐन २०५० को दफा १८ (क)को उपदफा (१) (ख) र (ग)मा नेपाल स्काउटको योग्यतासम्बन्धी व्यवस्था छ। त्यसमा नेपाल स्काउटको सदस्यले कुनै राजनीतिक दलको सदस्यता नलिएको र राजनीतिक गतिविधिमा संलग्न नभएको हुनुपर्ने स्पष्ट व्यवस्था छ। 

कोही राजनीतिक दलको सदस्य भएमा सदस्यता त्याग्न र नत्यागे कानुनबमोजिम कारबाही हुने मन्त्रालयले उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .