ad ad

खेल


नवौं एसियाली पारा तेक्वान्दोका लागि भियतनाम जाने टोलीको बिदाइ

नवौं एसियाली पारा तेक्वान्दोका लागि भियतनाम जाने टोलीको बिदाइ

नेपालखबर
जेठ ३, २०८१ बिहिबार १४:५७, काठमाडौँ

नवौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी–४) २०२४ मा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शुक्रबार भियतनामको दनाङ प्रस्थान गर्ने भएको छ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे।

प्रतियोगितामा पलेशा गोवर्धनले महिला ५७ केजीमुनि, भरतसिंह महताले पुरुष ५८ केजीमुनि र अमिर भ्लोनले पुरुष ६३ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन्। प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन्।

प्रतियोगितामा ३१ राष्ट्रका खेलाडी सहभागी हुँदैछन्।

पलेशाले छनोट चरण पार गरेर पेरिस पारालिम्पिकमा सहभागिता निश्चित गरिसकेकी छिन्। छनोट चरण पार गरेर पारालिम्पिकमा सहभागिता पक्का गर्ने पलेशा पहिलो र एक मात्र खेलाडी हुन्।

पलेशाले चीनको ताइयानमा गत चैत ४ गते भएको एसियाली छनोटमा स्वर्ण पदक जित्दै पेरिस पारालिम्पिकमा छनोट भएकी थिइन्।

नेपाल तेक्वान्दो संघले पेरिस पारालिम्पिकमा सहभागी गराउन अमिर र भरतको वाइल्ड कार्डका लागि आवेदन दिइसकेको प्रशिक्षक लामाले जानकारी दिए।

एसियन च्याम्पिनसिपबाट र्‍याङकिङमा आउन र र्‍याङकिङमा सुधार गर्न मद्दत पुग्ने भएको हुँदा अमिर र भरतलाई सहभागी गराइएको हो।

प्रशिक्षकको भूमिकामा रहेका लामाले सन् २०१५ देखि पारा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन्। उनको प्रशिक्षणमा नेपालले तीन स्वर्ण, दुई रजत र पाँच कांस्य पदक जितेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .