ad ad

खेल


टी२०आईमा सर्वाधिक रन : पाकिस्तानका बाबरले तोडे भारतका कोहलीको कीर्तिमान

टी२०आईमा सर्वाधिक रन : पाकिस्तानका बाबरले तोडे भारतका कोहलीको कीर्तिमान

नेपालखबर
जेठ २४, २०८१ बिहिबार २३:३५, काठमाडौँ

पाकिस्तानी क्रिकेट खेलाडी बाबर आजमले भारतका विराट कोहलीलाई पछि पार्दै टी२० आई क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्। 

अमेरिका र वेस्ट इन्डिजमा जारी टी२० विश्वकपका दौडान बाबरले उक्त कीर्तिमान बनाएका हुन्। 

अमेरिकाविरुद्धको खेलमा बाबरले ४ हजार ६७ रन पूरा गरे। यसअघि  ४ हजार ३८ रन बनाएका भारतीय खेलाडी विराटको नाममा उक्त कीर्तिमान थियो। 

२०१६—२०२४ को बीचमा बाबरले ११३ इनिङ र १२० खेलका क्रममा उनले उक्त सफलता हात पारेका हुन्। विराटले २०१०–२०२४ को बीचमा ११० इनिङ र ११८ खेलमा उक्त रन बनाएका छन्। 

जारी विश्वकपमा विराट आयरल्यान्डविरुद्ध सस्तैमा समेटिएका थिए भने बाबरले अमेरिकाविरुद्ध ४३ बलमा ४४ रन बनाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .