ad ad

खेल


दोस्रो बज्रबाराही राष्ट्रिय मुआय थाई च्याम्पियनसिप यही २५ र २६ गते

दोस्रो बज्रबाराही राष्ट्रिय मुआय थाई च्याम्पियनसिप यही २५ र २६ गते

नेपालखबर
जेठ २५, २०८१ शुक्रबार १३:३२, ललितपुर

बज्रबाराही मुआय थाई क्लबले  दोस्रो राष्ट्रिय बज्रबाराही मुआय थाई च्याम्पियनसिपको घोषणा गरेको छ। 

यस प्रतियोगिता  २५ र २६ जेठ, २०८१ मा आरएल  फुटसल, चापगाउँ, ललितपुरमा आयोजना  गरिनेछ। 

यस कार्यक्रमले राष्ट्रियस्तरका मुआय थाई खेलाडीहरूको सहभागिता गराउँदै खेलकुदप्रेमीहरूलाई मनोरञ्जन र उत्साह प्रदान गर्नेछ। 

मुआय थाई थाईल्याण्डको एक प्राचीन मार्शल आर्ट हो जसलाई आठ अंगहरूको विज्ञान भनिन्छ, जसमा हात, कुहिनी, घुँडा र खुट्टा प्रयोग गरेर प्रतिद्वन्दीलाई परास्त गरिन्छ। यो प्रतियोगिता दिउँसो १२ बजे देखि साँझ ७  बजे सम्म हुनेछ र दर्शकहरूको लागि रु. ३५० को अग्रिम टिकट उपलब्ध हुनेछ।

क्लबका अध्यक्ष अनिल श्रेष्ठले दोस्रो बज्रबाराही मुआय थाई  च्याम्पियनसिप आयोजना गर्न उत्सुक र गर्वान्वित रहेको बताए। यसले मुआय थाईको समृद्ध परम्परालाई नेपालमा कायम गर्दै  हाम्रा खेलाडीहरूलाई आफ्नो कौशल र दृढता देखाउने मंच प्रदान गर्ने उनको भनाइ छ । 

विजेताहरूलाई ट्रफी, पदक र नगद पुरस्कार प्रदान गरिनेछ। खेललाई न्यायसंगत र पारदर्शी बनाउन अनुभवी रेफ्री र निर्णायक टोली हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .