ad ad

खेल


कृषि विकास बैंकको सद्भावना दूत नियुक्त भइन् साम्बा

कृषि विकास बैंकको सद्भावना दूत नियुक्त भइन् साम्बा

साम्बा कृषि विकास बैंककाे सद्भावना दूत नियुक्त भएकी छन्। तस्बिर : सरोज नेपाल


नेपालखबर
जेठ २५, २०८१ शुक्रबार १४:२८, काठमाडौँ

नेपाली राष्ट्रिय महिला फुटबल टाेली तथा एपीएफ क्लबकी मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बा कृषि विकास बैंककाे सद्भावना दूत नियुक्त भएकी छन्। 

बैंकले आज शुक्रबार काठमाडौंमा एक कार्यक्रम गर्दै साम्बालाई सद्भावना दूत घाेषणाा गरेकाे हाे। 

सम्झौतापत्रमा बैंकका मार्केटिङ एण्ड सेल्स डिपार्टमेन्टका हेड यज्ञ प्रसाद न्याैपाने र साम्बाले हस्ताक्षर गरे। 

सम्झौताअनुसार साम्बा १ वर्षका लागि बैंककाे ब्रान्ड एम्बेसडरका रुपमा रहनेछिन्। उनले बैंककाे प्रचारमा सहयाेग गर्नेछिन्।

सम्झौता कार्यक्रममा साम्बाले आफ्नाे फुटबल करियरकाे सुरुवाती दिनलाई सम्झदै एपीएफ क्लबमा आएपछि आफूले पछि फर्केर हेर्न नपरेकाे सुनाइन्। 

यसका लागि बैंकलाई धन्यवाद दिँदै अन्य खेलाडीलाई पनि व्यावसायिक घरानाले साथ दिए महिला खेलाडीलाई सहयाेग पुग्ने बताइन्। 

बैकका सीईयाे गोविन्द गुरुङले सफलतालाई संघर्ष र अभावले कहिल्यै नराेक्ने बताउँदै उनकाे लगावले नै याे सफलता पाउन सम्भव भएकाे बताए। 

उनले गाउँकाे बारीमा फुटबल खेलेर अन्तर्राष्ट्रियस्तरसम्म पुग्नु सानाे कुरा नभएकाे बताए। 

एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले याे सम्झाैताले महिला फुटबलकाे विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

सबै व्यवसायिक घरानाले महिला फुटबललाई साथ दिए नेपाली फुटबलले अझ उचाइ लिने उनको भनाइ थियो। 

साम्बाले सन् २०१४ मा राष्ट्रिय टाेलीमा डेब्यु गरेकी थिइन्। 

दक्षिण एसियाकै सर्वाधिक गाेलकर्ता समेत रहेकी साम्बाले ५१ खेलमा ५३ अन्तर्राष्ट्रिय गाेल गरेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .