ad ad

खेल


गण्डकी र हेल्प नेपाल उपाधिका लागि भिड्ने

गण्डकी र हेल्प नेपाल उपाधिका लागि भिड्ने

नेपालखबर
जेठ २५, २०८१ शुक्रबार १९:५५, काठमाडौँ

काठमाडौमा जारी आठौँ पीएम कप महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फको फाइनलमा गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल भिड्ने भएका छन्।

शुक्रबार त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै गण्डकीले हेल्प नेपालसँगको भेट पक्का गरेको हो। गण्डकीले नेपाल पुलिस क्लबलाई २५–१८, २५–२२ र २५– ले हराउँदै फाइनलमा स्थान बनाएको हो।

आजै भएको अर्को खेलमा आर्मीलाई सोझो सेटमा हराउँदै हेल्प नेपाल फाइनलमा पुगेको थियो।  हेल्प नेपालले आर्मीलाई २५–१७, २५–१५ र २५–२१ ले पाखा लगायो।
लिग चरणमा गण्डकीले हेल्प नेपाललाई ३–२ ले हराएको थियो।

आजै भएको पुरुषतर्फको दोस्रो खेलमा एपीएफले सुदूरपश्चिमलाई सोझो सेटमा हराएको हो। एपीएफले पुलिसले २५–१६,२५–२१ र २५–२२ ले पराजित भयो। पुरुषतर्फको पहिलो खेलमा बूढा नीलकन्ठले कोशी प्रदेशलाई ३–२ को सेटमा पराजित गर्यो। २५–२३, १२–२५, २५–१२, १८–२५ र १४–१६ ले हरायो।

तेस्रो स्थानका लागि आर्मी र पुलिस क्लब भिड्नेछन्।

महिलातर्फको एभरेष्ट भलिबल क्लब र नेपाल पुलिस क्लब भिड्नेछन्। तेस्रो स्थानका लागि त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब भिड्नेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .