विश्व क्रिकेटमा बहु प्रतिक्षित भारत र पाकिस्तानबीचको खेल आज (आइतबार) राति हुँदैछ।
आईसीसी टी २० विश्वकप अन्तर्गत आइतबार राति भारत र पाकिस्तान भिड्न लागेका हुन्।
न्युयोर्कको नासाउ काउन्टी इन्टरनेशनल स्टेडियममा हुने खेल राति सवा ८ बजे सुरु हुनेछ। विश्व क्रिकेटमा यी दुई टोलीको खेल हरेक क्रिकेट समर्थकको प्रतिक्षामा हुने गर्छ।
आइतबार राति हुने खेलमा भारत लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ। पाकिस्तान भने पहिलो जितको खोजीमा छ।
विश्वकपको समूह ‘ए’ मा रहेका यी दुई टोलीले भारतले एक खेलमा जित निकालेको छ। पाकिस्तानले भने एक खेलमा हार व्यहोरेको छ।
पाकिस्तान अमेरिकासँग सुपर ओभरमा पराजित भएको थियो। भारतले भने आयरल्यान्डलाई ८ विकेटले हराएको थियो।
समूह ‘ए’ मा रहेको अमेरिका अंक तालिकाको शीर्ष स्थानमा छ। अमेरिकाले २ खेलबाट ४ अंक बनाएको छ। भारतले एक खेलबाट २ अंक बनाउँदै दोस्रो स्थानमा छ।
एक खेलमा जित निकालेको क्यानडा तेस्रो स्थानमा छ। एक खेलमा हार भोगेको पाकिस्तान चौथो स्थानमा छ। लगातार दुई खेलमा हार भोगेको आयरल्यान्ड अंक तालिकाको पुछारमा छ।
टी२० विश्वकपमा यी दुई टोली सन् २०२२ पछि पहिलो पटक भिड्न लागेका हुन्। पछिल्ला पाँच खेललाई हेर्ने हो भने भारतले दुई खेलमा जित निकालेको छ। पाकिस्तानले दुई खेलमा जित हात पारेको छ।
Shares
प्रतिक्रिया