ad ad

खेल


आयोजक वेस्ट इन्डिजविरुद्धको खेलमा युगान्डा ३९ रनमै अलआउट

आयोजक वेस्ट इन्डिजविरुद्धको खेलमा युगान्डा ३९ रनमै अलआउट

नेपालखबर
जेठ २७, २०८१ आइतबार ९:२८, काठमाडौँ

आईसीसी टी २० विश्वकप अन्तर्गत आयोजक वेस्ट इन्डिजविरुद्धको खेलमा युगान्डा ३९ रनमा नै अलआउट भएको छ। 

आइतबार बिहान भएको खेलमा वेष्ट इन्डिजले युगान्डामाथि निकालेको १३४ रनको विशाल जित जारी विश्वकपमा कुनै पनि टोलीले हात पारेको ठूलो जित हो। 

यसअघि अफगानिस्तानले नै युगान्डामाथि १ सय २५ रनको विशाल जित निकालेको थियो। वेष्ट इण्डिजले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको युगान्डा १२ ओभरमा ३९ रन बनाउँदा अलआउट भयो। 

युगान्डाका जुमा मियागीले बनाएको १३ रन नै सर्वाधिक रह्यो। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

युगान्डालाई कम स्कोरमा रोक्न अकिल हुसैनले ५ विकेट लिए। उनले आफ्नो स्पेलमा मात्र ११ रन खर्चे। 

अल्जारी जोसेपले २ विकेट लिए। रोमारियो सेफार्ड, आन्द्रे रसेल र गुणाकेस मोतीले समान एक विकेट लिए। 

त्यसअघि गुयानाको प्रोभिडेन्स स्टेडियममा टर जितेर ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७३ रनको योगफल तयार पारेको थियो। 

वेष्ट इण्डिजका लागि जोनसन चाल्र्सले ४४ रन बनाए। आन्द्रे रसेल ३३ र रोमियो ५ रनमा अविजित रहे। 

कप्तान रोभमान पोवेलले २३ रन बनाए। निकोलस पुरन र सेफानेले समान २२ रन बनाए। ब्रान्डोन किंगले १३ रन बनाए। 

युगान्डाका बायन मोसाबाले २ विकेट लिए। अल्पेस रमजानी, कसमस क्युवाटा र दिनेश नकरानीले समान १ विअकेट लिए। 

जितसँगै वेष्ट इण्डिज ४ अंकमा अंक तािलकाको दोस्रो स्थानमा छ। अफगानिस्तान शीर्ष स्थानमा छ। एक खेलमा जित र दुई खेलमा हार भोगेको युगान्डा तेस्रो स्थानमा छ। पिएनजी र न्यु जिल्यान्ड अंक विहिनरुपमा चौथो र पाचौँ स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .