आईसीसी टी २० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण प्रभावित भएको छ।
न्युयोर्कको नासाउ काउन्टी इन्टरनेसनल स्टेडियममा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारतले १ ओभरमा ८ रन बनाउँदा पानी परेपछि खेल रोकिएको छ।
क्रिजमा विराट कोहली शून्य र कप्तान रोहित शर्मा ८ रनमा नटआउट छन्।
समूह ए मा रहेको भारत लगातार दोस्रो जितको खोजीमा छ। पाकिस्तानलाई भने सुपर ८ पुग्न जित्ने पर्ने दबाबमा छ।
543
Shares
प्रतिक्रिया