साफ यू-२० पुरुष च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाली युवा टोलीले श्रीलंकासँग खेल्ने भएको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाली युवा टोलीले श्रीलंकाविरुद्ध खेल्ने भएको हो।
समूह चरणको दोस्रो खेलमा नेपालले १९ अगस्तमा पाकिस्तानसँग र २२ अगस्तमा बंगलादेशविरुद्ध खेल्नेछ।
समूह ए मा आयोजक नेपालसहित पाकिस्तान र बंगलादेश छन्। समूह बी मा भारत, मालदिभ्स र भुटान छन्। समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।
समूह ए को विजेता टोलीले समूह बी को उपविजेतासँग खेल्नेछ। समूह ए को उपविजेताले समूह बी को विजेतासँग सेमिफाइनलमा खेल्नेछ।
च्याम्पियनसिपको सेमिफाइनल दुवै खेल १६ अगस्तमा हुनेछ। फाइनल खेल २८ अगस्तमा हुनेछ।
साफ च्याम्पियनसिप १६ देखि २८ सम्म हुनेछ।
3.6k
Shares
प्रतिक्रिया