ad ad

खेल


बंगलादेशसँग हार्‍यो नेदरल्यान्ड्स, नेपाल रहेको ग्रुप ‘डी’बाट अर्को कुन टोली जाला सुपर ८ मा?

बंगलादेशसँग हार्‍यो नेदरल्यान्ड्स, नेपाल रहेको ग्रुप ‘डी’बाट अर्को कुन टोली जाला सुपर ८ मा?

बंगलादेश र नेदरल्यान्डसको खेल। तस्बिर : आईसीसी/गेट्टी


नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार ०:५२, काठमाडौँ

अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी२० विश्वकपको समूह चरणको २७औँ खेलमा नेपालको समूहमा रहेको बंगलादेशले नेदरल्यान्ड्सविरुद्ध २५ रनको जित निकालेको छ। 

बिहीबार राति भएको खेलमा १६० रनको लक्ष्य पस्किएको बंगलादेशविरुद्ध नेदरल्यान्ड्सले २० ओभरमा ८ विकेट क्षतिमा १३४ रन मात्र बटुलेको हो। 

किंग्सटाउनमा भएको खेलमा बंगलादेशले २० ओभरमा ५ विकेट क्षतिमा १५९ रन बनाएको थियो। खेलमा ४६ बलमा ६४ रन बनाएका बंगलादेशी अलराउन्डर शकिव अल हसन प्लेयर अफ दि म्याच भए। उनीबाहेक ओपनर तान्जिद हसनले २६ बलमा ३५ रन बनाए भने महमदुल्लाहले २१ बलमा २५ रन जोडे।

यी ३ ब्याटरबाहेक अरुले सामान्य रन मात्र जोडे। नजमुल हुसेन शान्टो र लिटन दास समान १ रनमा आउट हुँदा ताहिद हृदयले ९ तथा नटआउट जाकर अलीले १४ रनको योगदान गरे। खेलमा बंगलादेशले १० अतिरिक्त रन उपहार पाएको थियो। 

बलिङतर्फ नेदरल्यान्ड्सका आर्यन दत्त र पल भान मीकिरनले समान २ विकेट लिँदा टिम प्रिंगलले १ विकेट झारे। भिभियन किंग्मा, लगान भान बिक र बास डि लिडले विकेट लिन सकेनन्। 

१६० रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्सका माइकल लेविटले १८, म्याक्स ओ डाउड १२, विक्रमजित सिंह २६, सिब्रान्ड एन्जेलब्रेट ३३, स्कट एडवार्ड २५, बस डि लिड ०, लगान भान बिक २, टिम प्रिंगल १ र आर्यन दत्तले १५ रनको योगदान गरे पनि पर्याप्त हुन सकेन।

बंगलादेशले २ अतिरिक्त रन उपहार दिएको थियो। सबै गरी नेदरल्यान्ड्सले १३४ रन मात्र जोड्दा बंगलादेशका मुस्ताफिजुर रहमान, तान्जिम हसन सकिव र महमदुल्लाहले समान १ विकेट लिए। 

रिसाद हुसेनको ३ र टास्किन अहमदको २ विकेटमा बंगलादेश १५९ रनमै जित निकाल्न सफल भयो। 

ग्रुप डीबाट अर्को कुन टोली जाला सुपर ८ मा? 
५ देश रहेको ग्रुप डीबाट यसअघि नै दक्षिण अफ्रिकाले सुपर ८ मा स्थान सुरक्षित गरिसकेको छ। ३ खेलमा ३ वटै जितसहित ६ अंक जोडेको दक्षिण अफ्रिकाले १ खेल नेपालसँग खेल्न बाँकी छ।

त्यस्तै नेदरल्यान्ड्सविरुद्धको जितपछि ४ अंक जोडेको बंगलादेशले पनि १ खेल नेपालसँग खेल्नुपर्नेछ। नेपालले अहिले २ खेल मात्र खेलेको छ। आजको हारपछि नेदरल्यान्ड्सले अब १ खेल श्रीलंकासँग खेल्नेछ। अहिले नेदरल्यान्ड्स २ अंकसहित तेस्रो स्थानमा छ।

३ खेल खेलेको श्रीलंका पुछारमा छ। उसले २ खेल हारेको र नेपालसँगको खेल नहुँदा १ अंक मात्र जोडेको छ। नेपालको पनि १ अंक छ।

यस्तोमा बाँकी दुवै खेल जितेमा नेपाल सुपर ८ मा पुग्नेछ। नेपालले बंगलादेशसँग हार्दा बंगलादेश सुपर ८ मा पुग्नेछ। नेदरल्यान्ड्सले अर्को खेल जित्दा सुपर ८ मा पुग्ने सम्भावनाका लागि बंगलादेशले नेपालसँग हार्नेमात्र नभई नेपालले दक्षिण अफ्रिकासँगको अर्को खेल पनि हार्नुपर्नेछ। यसबाहेक रनरेट पनि आफ्नो पक्षमा हुनुपर्नेछ। 

यसरी हेर्दा दक्षिण अफ्रिकाबाहेक सुपर ८ मा पुग्न ग्रुप डीमा बंगलादेशको सम्भावना बलियो देखिन्छ भने नेपालको सम्भावनाका लागि दुवै जितको विकल्प देखिँदैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .