आईसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले पहिलो फिल्डिङ गर्ने भएको छ।
वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित आर्नस भेल स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्ने भएको छ।
समूह 'डी'को आफ्नो तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकाविरुद्ध खेल्ने लागेको हो।
नेपाल र दक्षिण अफ्रिका पहिलोपटक खेल्न लागेका हुन्।
समूह चरणको अन्तिम खेल खेल्न लागेको दक्षिण अफ्रिका यसअघि नै शीर्ष स्थानमा रहेर सुपर ८ मा पुगिसकेको छ।
नेपाललाई सुपर ८ मा पुग्न आजको खेल जित्नैपर्ने दबाब छ।
नेपालको टिममा सुरुवाती ११
कुशल भुर्तेल, आशिफ शेख, अनिल शाह, रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरि, सोमपाल कामी, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने र अविनास बोहोरा
126
Shares
प्रतिक्रिया