आईसीसी टी–२० विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध नेपाली युवा टोली विकेटका लागि संर्घष गरिरहेको छ।
वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित आर्नस भेल स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको दक्षिण अफ्रिकाले १० ओभरको समाप्तीमा १ विकेटको क्षतिमा ५७ रन बनाएर खेलिरहेको छ।
सुपर ८ मा पुग्न जित्नैपर्ने दबाबमा रहेको नेपाली टोली विकेटका लागि संर्घष गरिरहेको छ।
क्रिजमा ओपनर रिजा हेनड्रिक ३० र कप्तान एडेन मक्रम १० रनमा नटआउट छन्।
अलराउण्ड दीपेन्द्र सिंह ऐरीले चौथो ओभरको चौथो बलमा दक्षिण अफ्रिकाका ओपनर क्वीन्टन डी कक लाई १० रन बनाउँदा पेभेलियनको बाटो देखाए।
138
Shares
प्रतिक्रिया