ad ad

खेल


एरिकासँग शिरिष फाउन्डेसनले गर्‍यो एक वर्षे सम्झौता

एरिकासँग शिरिष फाउन्डेसनले गर्‍यो एक वर्षे सम्झौता

नेपालखबर
असार ४, २०८१ मंगलबार १८:५१, काठमाडौँ

चीनको हान्चाउमा सम्पन्न १९ औँ एशियाली खेलकुदमा ऐतिहासिक रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ र शिरिष फाउन्डेसनबीच सम्झौता भएको छ।

मंगलबार काठमाडौँमा एक कार्यक्रमबीच फाउन्डेसनले एरिकासँग एक वर्षका लागि सम्झौता गरेको हो।

फाउन्डेसनका अध्यक्ष शिरिष गुरुङ र एरिकाले सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौतासँगै एरिकाले एक वर्षसम्म मासिक १५ हजार रुपैयाँ, खेल सामग्री र प्रदर्शनको आधारमा थप प्रोत्सहान पुरस्कार प्राप्त गर्नेछिन्।

पौडीको एक सफल खेलाडीका रुपमा रहेका शिरिष गुरुङको नाममा उक्त फाउण्डेसन सन् २०१७ मा स्थापना भएको हो।

एरिका फाउन्डेसनसँग जोडिने तेस्रो खेलाडी हुन्। यसअघि  फाउन्डेसनले बक्सिङकी सुष्मा तामाङ र उसुकी निमा घर्तीमगरसँग सम्झौता गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .