ad ad

खेल


वेस्ट इन्डिजमाथि इंग्ल्यान्डको सानदार जित

वेस्ट इन्डिजमाथि इंग्ल्यान्डको सानदार जित

नेपालखबर
असार ६, २०८१ बिहिबार ९:५०, काठमाडौँ

फिल साल्ट र जोनी विस्ट्रोको शतकिय साझेदारीमा इंग्ल्यान्डले आईसीसी टी–२० विश्वकपको सुपर ८ मा वेस्ट इन्डिजमाथि ८ विकेटको सानदार जित दर्ता गरेको छ। 

जितसँगै इंग्ल्यान्ड समूह ‘बी’ को शीर्ष स्थानमा उक्लेको छ। दक्षिण अफ्रिका दोस्रो स्थानमा छ।  अंक विहीन अमेरिका तेस्रो र वेस्ट इन्डिज चौथो स्थानमा छन्। 

आयोजक वेस्ट इन्डिजले दिएको १ सय ८१ रनको विशाल लक्ष्य इंग्ल्यान्डले १५ बल अगावै २ विकेटको क्षतिमा भेट्टायो। 

तेस्रो विकेटका लागि साल्ट र विस्ट्रोले ९७ रनको साझेदारी गरेपछि इंग्ल्यान्डले आयोवक वेस्ट इन्डिजलाई स्तब्ध पारेको हो। साल्ट ८७ र विस्ट्रो ४८ रनमा अविजित रहे।

साल्टले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे। साल्टले १६ औँ ओभरमा ४ छक्का र ४ चौका प्रहार गरे। उनले १६ औँ ओभरको पहिलो बलमा चौका, दोस्रो बलमा छक्का र तेस्रो बलमा चौका प्रहार गरे। चौथो र पाँचौ बलमा लगातार छक्का प्रहार गरेका उनले अन्तिम बलमा १ चौका प्रहार गर्दै एकै ओभरमा ३० रन जाेडे।

त्यसअघि समूह ‘बी’ को खेलमा इंग्ल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आयोजक वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८० रनको योगफल तयार पारेको थियो। 

वेस्ट इन्डिजका ओपनर ब्रान्डोन किंग १३ बलमा ३ चौका र १ छक्का हान्दा २३ रन बनाउँदा रिटायर्ट हर्ट लिए। जोनसन चाल्र्सले ३४ बलमा ४ चौका र १ छक्का सहयोगमा ३८ रन बनाए। 

निकोलस पुरन र कप्तान रोभमन पावेलले समान ३६ रन बनाए। कप्तान पावेलले १७ बलमा ५ छक्का हाने। सेफाने रोदरफोर्ड २८ र रोमारियो सेफार्ड ५ रनमा नटआउट रहे। 

इंग्ल्यान्डका जोफ्रा आर्चर, आदिल रसिद, मोइन अली र लियाम लिभिङस्टोनले समान १ विकेट लिए।

साल्ट ७ र विस्ट्रो ४ रनमा अविजित रहे। साल्टले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे। 

साल्टले १६ औँ ओभरमा ४ छक्का र ४ चौका प्रहार गरे। उनले १६ औँ ओभरको पहिलो बलमा चौका, दोस्रो बलमा छक्का र तेस्रो बलमा चौका प्रहार गरे। चौथो र पाँचौ बलमा लगातार छक्का प्रहार गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .