ad ad

खेल


वेस्ट इन्डिजसँग हार्‍यो अमेरिका, विश्वकपको सुपर ८ बाट बाहिरियो

वेस्ट इन्डिजसँग हार्‍यो अमेरिका, विश्वकपको सुपर ८ बाट बाहिरियो

नेपालखबर
असार ८, २०८१ शनिबार १५:१२, काठमाडौँ

वेस्ट इन्डिजसँग पराजित हुँदै आयोजक अमेरिका आईसीसी टी–२० विश्वकपको सुपर ८ बाटै बाहिरिएको छ। 

शनिबार भएको समुह बी को खेलमा अर्कोे आयोजक वेष्ट इण्डिजसँग ९ विकेटको फराकिलो हार व्यहोर्दै अमेरिका सेमिफाइनल पुग्नबाट बन्चित भएको हो। सुपर ८ मा पहिलो जित निकालेको वेस्ट इन्डिजको भने सेमिफाइनल पुग्ने सम्भावना जिवितै छ। 

सूमह बी मा लगातार दोस्रो जित निकालेको दक्षिण अफ्रिका शीर्ष स्थानमा छ। वेष्ट इण्डिज र इंग्ल्यान्डको समान २ विकेट लिए। दुवै खेलमा पराजित अमेरिका अंक तालिकाको पुछारमा छ। 

समूह ए मा पहिलो जित निकालेका अष्ट्रेलिया र भारत समान २ अंकमा शीर्ष र दोस्रो स्थानमा छ। 

अंकविहीन अफगानिस्तान र बंगलादेश तेस्रो र चौथो स्थानमा छ। 

सुपर ८ का शीर्ष २ टोलीले सेमिफाइनल स्थान बनाउनेछन्। 

अमेरिकाले दिएको १ सय २९ रनको लक्ष्य वेष्ट इण्डिजले १०.५ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। 

ओपनर साइ होप ८२ रनमा अविजित रहे। ३९ बलमा ४ चौका र ८ छक्का प्रहार गरे। निकोलस पुरन २७ रनमा नटआउट रहे। उनले १२ बलमा १ चौका र ३ छक्का हाने। 

जोनसन चाल्र्स १५ रनमा क्याच आउट भए। 

त्यसअघि वेष्ट इण्डिजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अमेरिका १ बल अगावै १ सय २८ रन जोड्दा अलआउट भयो। 

अमेरिकाका आन्द्रेस जोसलाई २९, नितिस कुमार २० रनमा आउट भए। मिलिन्ड कुमार १९ र नोस्तुस १८ रनमा आउट भए। 

वेस्ट इन्डिजका लागि आन्द्रे रसेल र रोष्टन चेसले समान ३ विकेट लिए। अल्जारी जोसेपले २ विकेट लिए। गुणाकेश मोतीले १ विकेट लिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .