ad ad

खेल


अभिकले जिते एसईई कप चेसको उपाधि

अभिकले जिते एसईई कप चेसको उपाधि

नेपालखबर
असार ९, २०८१ आइतबार १७:५३, काठमाडौँ

हिमालयन चेस एकेडेमीद्वारा आयोजित गोल्डेनगेट एसईई कप २०२४ र्‍यापिड चेस प्रतियोगिताको उपाधि अभिक शाहले जितेका छन्।

उनले स्वीस प्रणालीको आधारमा सात राउन्डमा सञ्चालित प्रतियोगितामा अपराजित रहँदै ६.५ अंक बनाएर आइतबार उपाधि जितेका हुन्।

शीर्ष वरीयताका खेलाडी पुरुषोत्तम सिलवालले पनि अपराजित रहँदै ६.५ अंक बनाए। तर, टाइब्रेकरको आधारमा पुरुषोत्तमलाई पछाडि पार्दै जेम्स स्कुलका अधिकले गोल्डेनगेट एसईई कप २०२४ को उपाधि कब्जा गरेका हुन्।

अभिक र पुरुषोत्तमबीच पाँचौं चरणमा भएको प्रतिस्पर्धा बराबरीमा टुंगिएको थियो। त्यसबाहेक दुवै खेलाडीले बाँकी ६ खेलमा जित हात पारेका थिए।

विभूषित कायस्थ ५ अंक जोड्दै तेस्रो स्थानमा रहे। रोहित श्रेष्ठ, रोहन खतिवडा र रायन श्रेष्ठले समान ५ अंक बनाएका थिए। तर, टाइब्रेकरको आधारमा विभूषित सबभन्दा अगाडि रहँदै तेस्रो भएका हुन्।

गोल्डेनगेट इन्टरनेसनल कलज, बत्तीसपुतलीमा सञ्चालित प्रतियायेगितामा ३ अंक जोड्दै मेधा माध्यमिक विद्यालयकी अंशु दिल प्रजापतिले गल्र्सतर्फ पहिलो स्थान हात पारिन्। कृशला प्रजापति दोस्रो र जेसिका सिंह तेस्रो भए। दुवैले समान २ अंक बटुलेका थिए। टाइब्रेकरको आधारमा कृशला दोस्रो भएकी हुन्।

प्रतियोगिताका मुख्य प्रायोजक गोल्डेनगेट कलेजले कुनैपनि विषयमा दुवै स्पर्धाका विजेतालाई शतप्रतिशत छाबवृत्ति, उपविजेतालाई ७५ प्रतिशत र तेस्रालाई ५० प्रतिशत छात्रवृत्ति पाएका छन्। त्यस्तै, सहभागि सबै खेलाडीलाई एक तिहाई ९३३।३३ प्रतिशत० छात्रवृत्ति दिने घोषणा गरिएको छ।

एसईई परीक्षा दिएका ४१ खेलाडी सहभागि प्रतियोगितामा खुला तथा गल्र्स दुवै स्पर्धाका विजेताले १० हजार, उपविजेताले ५ हजार र तेस्राले ३ हजार रुपिया, ट्रफी, पदक तथा प्रमाणपत्र प्राप्त गरे।

उनीहरूलाई राष्ट्रिय खेलकुद परिषदका पूर्वसदस्यसचिव रमेशकुमार सिलवाल, हिमालयन चेस एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बू, गोल्डेनगेट इन्टरनेसनल कलेजकी निर्देशक सैल सुमन सिलवाललगायतले पुरस्कार वितरण गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .