ad ad

खेल


पारा खेलकुद प्रतियोगिता मंगलबारदेखि

पारा खेलकुद प्रतियोगिता मंगलबारदेखि

नेपालखबर
असार ९, २०८१ आइतबार १९:२०, काठमाडौँ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा पारा तथा विशेष खेलकुद प्रतियोगिता मंगलबारदेखि हुने भएको छ।

प्रतियोगितामा १३ खेलको प्रतिस्पर्धा हुने पारा तथा विशेष खेलकुद प्रतियोगिता व्यवस्थापन तथा सञ्चालन समितिकी संयोजक राखेपकी सदस्य पेमा डोल्मा लामाले जानकारी दिइन्।

प्रतियोगितामा एथलेटिक्स, ह्वीलचेयर बास्केटबल, बोसिया, क्रिकेट, साइक्लिङ, एम्पुटी फुटबल, दृष्टिविहीन गोलबल, जुडो, साउन्ड टेबलटेनिस, पारा टेबलटेनिस, पौडी र भारोत्तलनको प्रतिस्पर्धा हुनेछ।

१३ खेल सम्बन्धित पारा खेल संस्थाको व्यवस्थापनमा उपत्यकाका विभिन्न स्थानमा हुने समितिका सचिव मिनकुमार शर्माले जानकारी दिए।

प्रतियोगिताको पहिलो दिन भोलि मंगलबार औपचारिक उद्घाटन मात्र हुनेछ।

१५ दिनभित्र सम्बन्धित संस्थाले आ–आफ्नो जिम्मेवारीमा परेको प्रतियोगिता आयोजना गरिसक्नु पर्नेछ। १२५ स्वर्ण, १२५ रजत र १४३ कांस्यका लागि प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .