ad ad

खेल


युरोकपः स्विट्जरल्यान्ड अन्तिम १६ मा, स्कटल्यान्डविरुद्ध हंगेरीको रोमाञ्चक जित

युरोकपः स्विट्जरल्यान्ड अन्तिम १६ मा, स्कटल्यान्डविरुद्ध हंगेरीको रोमाञ्चक जित

नेपालखबर
असार १०, २०८१ सोमबार ६:१३, काठमाडौँ

अन्तिम समयमा स्कटल्यान्डविरुद्ध रोमाञ्चक जित हात पारे पनि हंगेरी युरो कप २०२४ को समूह चरणबाटै बाहिरिएको छ।

आइतबार राति भएको समूह को अन्तिम खेलमा स्कटल्यान्डलाई १–० गोलअन्तरले हराए पनि हंगेरी समूह चरणबाटै बाहिरिएको हो। 

समूह चरणमा हंगेरीले पहिलो जित दर्ता गरेको हो।

खेलको १००औँ मिनेटमा केभिन कासोबोथको गोलमा हंगेरीले युरोकपमा रोमाञ्चक जित हासिल गरेको हो।

निर्धारित समय गोलरहित बराबरीमा सकिए पनि १००औँ मिनेटमा मिनेटमा गोल गर्दै सान्त्वना जितसहित हंगेरीले विश्वकपमा सुखद अन्त्य गरेको छ। 

गएराति भएकै समूह को अर्को खेलमा स्विटजरल्यान्ड र जर्मनीले बराबरी खेल्दै अंक बाँडेका छन्।

तर पनि स्विट्जरल्यान्ड अन्तिम १६ मा पुगेको छ।

यो समूहबाट ३ खेलमा ७ अंक जोडेको जर्मनी शीर्ष र समान खेलबाट ५ अंक बनाएको स्विटजरल्यान्ड दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेका हुन्। 

समूह बाट हंगेरी र स्कटल्यान्ड भने समूह चरणबाटै बाहिरिएका छन्।

हंगेरीले समूह चरणमा पहिलो जित हासिल गर्दै ३ अंकसहित तेस्रो स्थानमा रहँदै युरोकप यात्रा सकाएको हो।

स्कटल्यान्ड भने जितविहीन बनेर अंकतालिकाको पुछारमा रहँदै बाहिरियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .