ad ad

खेल


इन्ज्युरी समयको अन्तिम मिनेटमा बराबरी गर्दै इटाली अन्तिम १६ मा

इन्ज्युरी समयको अन्तिम मिनेटमा बराबरी गर्दै इटाली अन्तिम १६ मा

नेपालखबर
असार ११, २०८१ मंगलबार ६:४७, काठमाडौँ

इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल फर्काउँदै साविक विजेता इटाली युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ। 

सोमबार राति भएको खेलमा इटालीले क्रोएसियालाई अन्तिम समयमा १/१ गोलको बराबरीमा रोक्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो। 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा मात्र गोल सम्भव भयो। 

खेलको ५५औँ मिनेटमा लुका मोड्रिचको गोलमा क्रोएसियाले सुरुवाती अग्रता बनाएको थियो।

तर इन्ज्युरी समयको आठौँ मिनेटमा माटिया जाकाग्नीको गोलमा इटाली बराबरीमा आएको थियो।

बराबरीसँगै इटाली समूह उपविजेताका रूपमा अन्तिम १६ मा पुगेको हो।

समूह बाट स्पेन समूह विजेताका रूपमा अन्तिम १६ मा पुगेको छ।

गएराति भएकै खेलमा स्पेनले अल्बानियालाई १–० गोल अन्तरले हराउँदै समूह विजेताका रूपमा अन्तिम १६ मा पुगेको हो। 

समूह बीमा तीन खेलमा अपराजित स्पेन ६ अंकमा शीर्ष स्थानमा रहेर अन्तिम १६ मा स्थान बनायो।

दोस्रो स्थानको इटालीले ३ खेलमध्ये १ मा जित, १ मा बराबरी र १ मा हार भोग्दै ४ अंकसहित दोस्रो स्थानमा छ।

तेस्रो स्थानमा रहेको क्रोएसियाको २ अंक छ। पुछारको अल्बानियासँग १ अंक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .