ad ad

खेल


टी–२० विश्वकप फाइनल: दक्षिण अफ्रिकाविरुद्ध भारतले पहिले ब्याटिङ गर्ने

टी–२० विश्वकप फाइनल: दक्षिण अफ्रिकाविरुद्ध भारतले पहिले ब्याटिङ गर्ने

नेपालखबर
असार १५, २०८१ शनिबार २०:६, काठमाडौँ

आईसीसी टी–२० विश्वकपको फाइनलमा भारतले पहिले ब्याटिङ गर्ने भएको छ। 

वेस्ट इन्डिजको व्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा भारतले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो। 

आइसीसी टी–२० प्रतियोगिताको कुनैपनि फाइनलमा यी दुई टोली पहिलो पटक भिड्न लागेका हुन्। विश्वकपमा भारत र दक्षिण अफ्रिका अपराजित टोलीका रुपमा फाइनल खेल्न लागेका हुन्। 

भारत सन् २००७ पछि विश्वकपको उपाधि उचाल्न आतुर छ। पहिलो पटक विश्वकपको फाइनलमा पुगेको दक्षिण अफ्रिका नयाँ इतिहास रच्न चाहान्छ। यी दुई टोलीमध्य जुन टोलीले उपाधि उचालेपनि विश्वकपको इतिहासमा अपराजित रहेर उपाधि उचाल्ने पहिलो टोली बन्नेछन्। 

दक्षिण अफ्रिकाले पहिलो पटक कुनैपनि ठुलो प्रतियोगिताको फाइनल खेल्न लागेको हो। 

विश्वकपको टी–२० होस् वा एक दिवसीय दक्षिण अफ्रिकासँग फाइनल खेलेको कुनै अनुभव छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .