आईसीसी टी–२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध भारतले पावर प्ले मा नै ३ विकेट गुमाएको छ।
वेस्ट इन्डिजको व्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा टस जितेर ब्याटिङ गरेको भारतले ६ ओभरको समाप्तीमा ३ विकेटको क्षतिमा ४५ रन बनाएर खेलिरहेको छ।
ओपनर विराट कोहली २४ र अक्षर पटेल ८ रनमा अविजित छन्।
कप्तान रोहित शर्मा ९ रनमा क्याच आउट भए। रिसभ पन्त शुन्य रनमा नै आउट भए। सूर्यकुमार यादव ३ रनमा नै क्याच आउट भए।
दक्षिण अफ्रिकाका लागि केशव महाजनले २ विकेट लिए। कागिसो रवाडाले १ विकेट लिए।
384
Shares
प्रतिक्रिया