आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध भारतको चौथो विकेट पतन भएको छ।
भारतले चौथो विकेटका रुपमा अक्षर पटेललाई गुमाएको हो।
चौथो विकेटका लागि विराट कोहली र अक्षर पटेलले ७२ रनको साझेदारी गर्दै भारतको इनिङस् उकासेका थिए। ३१ बलमा १ चौका र ४ छक्का हान्दै ४७ रन बनाएका पटेल रन आउट भए।
वेस्ट इन्डिजको व्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा टस जितेर ब्याटिङ गरिरहेको भारतले १३.३ ओभरको खेल जारी रहँदा ४ विकेटको क्षतिमा १ सय ६ रन बनाएर खेलिरहेको छ।
दोस्रो ओभरको चौथो बलमा कप्तान रोहित शर्मा ९ रन बनाउँदा केशव महाराजको बलमा क्याच आउट भए।
सोही ओभरको अन्तिम बलमा रिसभ पन्त महाराज कै बलमा शून्य रनमा नै आउट भए। सुर्य कुमार यादव ३ रन बनाउँदा कागिसो रवाडाको बलमा क्याच आउट भए।
दक्षिण अफ्रिकाका लागि केशव महाराजले २ विकेट लिए। कागिसो रवाडाले १ विकेट लिए।
Shares
प्रतिक्रिया