ad ad

खेल


एसिसी महिला एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ, रोहित, सन्दीप र पारसले दिए बधाई

एसिसी महिला एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ, रोहित, सन्दीप र पारसले दिए बधाई

नेपालखबर
असार २२, २०८१ शनिबार १९:८, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी महिला एशिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ।

एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा महिला एशिया कप जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुँदैछ। सोही प्रतियोगितामा सहभागी जनाउने नेपाली महिला क्रिकेट टोलीलाई बिदाइ गरिएको हो।

कार्यक्रममा क्यानका सचिव पारस खड्काले महिला क्रिकेट टिमको प्रदर्शनलाई लिएर सबैमा चासो रहेको भन्दै महिला टिमले विगतदेखि नै राम्रो गर्दै आएको बताए। 

महिला क्रिकेट टिम पहिल्यैदेखि प्राथमिकतामा पर्नुपर्ने भएपनि प्राथमिकतामा राख्न सबै चुकको उनको भनाइ थियो। अब महिला क्रिकेट खेलाडीलाई पनि राम्रो भन्दा राम्रो अवसर दिन आवश्यक रहेको पनि उनले बताए। 

महिला क्रिकेटलाई धेरै दबाब नरहेको भएपनि अवसरका रुपमा लिएर उत्कृष्ट नतिजा निकाल्न आग्रह समेत उनले गरे।

कार्यक्रममा महिला क्रिकेट टिमकी कप्ता इन्दु बर्माले अभ्यास राम्रो गरेको भन्दै नतिजा पनि राम्रो दिने प्रतिवद्धता जनाइन्। उनले टिम राम्रो रहेको र उच्च मनोबल रहेकाले राम्रो नतिजा पस्कने बताइन्।

कार्यक्रममा बोल्दै पुरुष टोलीका कप्तान रोहितकुमार पौडेलले भारत र पाकिस्तानसँग खेल्दा राम्रो अनुभव पाएको र त्यसले नै टी २० विश्वकपमा राम्रो नतिजा पस्किएको बताए।

कार्यक्रममा बोल्दै क्रिकेटर सन्दीप लामिछानेले खेलाडीहरुले कुनैपनि आफ्नो सपना पूरा गर्ने 
माध्यम खेललाई बनाउनुपर्ने बताए। यस्ता खेलले आत्मविश्वास बढाउने र अनुभव बटुल्ने अवसर हुने उनको भनाइ थियो। 

कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले अहिलेको अवसरलाई उचित सदुपयोग गर्नुपर्ने उनले बताए। 

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र यूएई छन्। यस्तै समूह ‘बी’ मा आयोजक श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्याण्ड छन्। नेपालले जुलाई १९ मा यूएईसँगको खेलमार्फत प्रतियोगिताको सुरुवात गर्नेछ। 

त्यसपछि नेपालले पाकिस्तानविरुद्ध जुलाई २१ तथा भारतविरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .